समाचार
यस्तो छ आजको सुनको मूल्य, किन्ने होइन ?
काठमाडौँ- आज मंगलबार सुनचाँदीको मुल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाए अनुसार सोमबार तोलामा ५ सय रुपैयाले घटेको सुनको मुल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
सोमबार प्रतितोला ६४ हजार ५ सय रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज पनि सोहि मुल्य ९६४ हजार ५ सय० मा किनबेच भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी(सुनको मुल्य प्रतितोला ६४ हजार २ सय रुपैयामा किनबेच भइरहेको छ । सोमबार तोलामा ७ सय ३० रुपैयामा कायम रहेको चाँदीको मुल्य आज पनि सोहि मुल्य ९७ सय ३०० मा कायम रहेको महासंघले जनाएको छ । २ साता देखि लगातार बढेको सुनको मुल्य केहि दिनयता स्थिर रहेको छ ।



