समाचार
पर्खाल होस् कि नहोस्, सीमा पार गर्न आतुर छन् आप्रवासीहरु
काडमाडौँ,९ माघ । एल साल्भाडोरकी मारिया ओर्बेलिना कोर्टेज पतिको दिनरातको कुटपिट सहन नसकेर तीन वर्षका छोरा च्यापेर अमेरिका भागेकी थिइन् ।

महिनौंसम्म लुकिछिपी योजना बनाएपछि उनले तीन वर्षको छोरा लिएर एक दिन दुई दाजुभाइसँगै घर छाडेर हिँडिन् । आफू अमेरिकातर्फ लागेको उनले पतिलाई सुँइकोसम्म दिइनन् । दक्षिण टेक्सासको क्याथोलिक च्यारिटी शिविरको प्राङ्गणमा कुरा गरिरहँदा उनका छोरा त्यहीँ नजिकै खेल्दै थिए । बाबुले तातो पानी खन्याइदिएका कारण ती बच्चाको टाउकाको एक भागमा कपाल पनि छैन ।