समाचार

हिन्दूहरुको महान पर्व रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा सार्वजनिक बिदा !

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा भोली परेको हिन्दूहरुको महान पर्व रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिइने भएको छ । स्थानीय सरकारको अधिकार कार्यन्वयन गर्दै रक्षाबन्धनका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ ।

गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलका अनुसार अर्घाखाँचीको पाणिनी गाउँपालिकाले पनि बिहीबार जनैपूर्णिमाका दिन बिदा दिने निर्णय गरेको अध्यक्ष अच्युत गौतमले जानकारी दिए । केही वर्ष अघि जनैपूर्णिमाको अवसरमा देशभर सार्वजनिक बिदा दिँदै आएको भएता पनि पछिल्लो समय कटौती गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *