समाचार

इनारमा खसेर महिलाको मृत्यु

भरतपुर / भरतपुर महानगरपालिका–९ आदर्शचोकमा आज बिहान इनारमा खसेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नवलपुरको गैँडाकोट घर भई माइतमा आएकी ४० वर्षीया इन्द्रकला भुसालको इनारमा खसेर मृत्यु भएको हो । इनारको ढकनीमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनी भाँचिन गई भुसाल इनारमा खस्नुभएको थियो । इनारमा खसेकी भुसालको शव भरतपुर अस्पताल ल्याइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *