
काठमाडौँ, ५ असार । हुवाईको सबैभन्दा नयाँ स्मार्टफोन HUAWEI P20 Pro अब नेपालमा पनि उपलब्ध भएको छ । सबैभन्दा सुरुमा पेरिसको बजारमा भित्र्याइएको HUAWEI P20 Pro ले स्मार्टफोन फोटोग्राफीका पारखीहरूको मन जित्ने विश्वास कम्पनीले लिइएको छ ।
यो बहुप्रतीक्षित स्मार्टफोनमा विश्वकै पहिलो Leica Triple Camera जडान गरिएको छ । यसले स्मार्टफोन फोटोग्राफीको दुनियाँमा नयाँ हलचल ल्याउने कम्पनीको दाबी छ । Huwaei P series को यो सबैभन्दा नयाँ स्मार्टफोनले मोबाईल फोटोग्राफीको सिर्जनात्मकतालाई थप उचाईमा पुर्याउने विश्वास कम्पनीले लिएको छ । Leica Triple Camera मा भएको Leica color temperature sensor का कारण HUAWEI P20 Pro ले जुनसुकै वातावरणमा पनि प्रकाश र रङहरू कैद गरी त्यसको सुन्दर सम्मिश्रण तयार गर्न सक्ने कम्पनीले जनाएको छ ।
सबैभन्दा ठूलो विशेषता हो – प्रविधिमा पोख्त नभएकाहरूले समेत यो स्मार्ट फोन प्रयोग गरी अत्यन्तै सुन्दर तस्वीरहरू खिच्न सक्छ । Triple Camera मा अद्भू्त 40 MP RGB camera setup उपलब्ध छ, जसमा दृश्यको वास्तविक रङ कैद गरी तिक्खर तस्वीर निकाल्ने खुबी छ । यसमा The 20 MP monochrome sensor र टेलिफोटो लेन्ससहितको 8 MP sensor पनि उपलब्ध छन्, जसले यो स्मार्टफोनलाई झनै लोभलाग्दो बनाइदिएको छ । यसबाट अध्याँरो ठाउँमा पनि ISO 102400 सम्मको तस्वीर निकाल्न सकिन्छ । साथै, Leica zoom lens system भएकोले यो स्मार्टफोनले टाढा रहेको व्यक्ति वा बस्तुमा पनि zoom in गरी राम्रो तस्वीर खिच्न सकिन्छ ।
HUAWEI P20 Pro मा f/1.8, f/1.6 / f/2.4 जस्ता फराकिलो क्षमताका aperture Leica lense छन्, जसले कम प्रकाश भएको ठाउँमा पनि स्पष्ट तस्वीर निकाल्न मद्दत गर्छ । यसमा जडान गरिएको AI Image Stabilization फिचरका कारण कम प्रकाश भएको ठाउँमा हात हल्लिदा पनि धमिलो तस्वीर आउँदैन । यसका लागि ट्राइपोडको पनि आवश्यकता पर्दैन । फोनलाई night mode मा राखे पुग्छ । यसमा मन्द गतिमा भिडियो खिच्ने सुविधा (Super Slow Motion) पनि छ । यो स्मार्टफोनमा एक सेकेन्डमा ९६० फ्रेमहरू कैद गर्न सक्ने विशेषता छ ।
यो स्मार्टफोनको क्यामेरा प्रविधिले स्मार्टफोन फोटोग्राफीको हरेक पक्षलाई थप उचाईमा लैजान सक्छ । यो फोनको कृत्रिम वौद्धिकताले तपाईंलाई तस्वीरको कम्पोजिसन मिलाउन पनि मद्दत गर्छ । यसकारण, तपाईंले खिच्ने तस्वीर व्यवसायिक फोटोग्राफरहरूले खिच्ने तस्वीर झैँ राम्रो हुन्छ । यसका लागि थप मेहनत गर्नै पर्दैन ।
यसमा Full View Display अति आकर्षक तरिकाले बनाइएको छ । यसको ६.१ इञ्च स्क्रिनमा भिडियो हेर्दा वास्तविक दृश्यहरू हेर झैँ भान हुन्छ । तर, यति गज्जब भिडियो हेर्दा पनि चार्ज भने खासै खर्च हुँदैन । व्याट्री पनि 4000 mAh क्षमताको हुन्छ, जुन अन्य फोनभन्दा छिटो रिचार्ज हुन्छ । यसमा 6 GB RAM र 128 GB ROM छन् ।
HUAWEI P20 Pro नयाँखाले ट्वीलाइट र सुनौलो–गुलाबी रङमा पनि आएको छ । कालो र गाढा निलो रङमा त उपलब्ध हुन्छ नै । हाल नेपालमा ट्वीलाइट रङमा उपलब्ध छ । यो स्मार्टफोनको मूल्य नेपालमा रु ९९,९०० पर्छ ।


