समाचार

आमा बाबुले नै अर्कै बिहे गरेपछि हस्पिटलमा अलपत्र भाईको उपचार हुने भयो !

काठमाडौं : बुवाले कान्छी आमा बिहे गरेर अर्को घर बार गरे अनि सुखका साथ बस्दैछन् । आमाले पनि अर्कै बिहे गरेर गईन्, नयां दुनियां बसाईन् । अनि त्यहि आमा बुवाबाट जन्मेका एउटा १७ बर्षको दाई नबिन गिरी बिगत धेरै महिना देखि व्ल*ड क्या*न्सर भएर जीवन र मरणको दोसाधमा रहेका आफ्नो १३ बर्षको भाईलाई बचाउन चारतिर हार गुहार गर्दै सहयोग मागिरहेका छन् ।

काठमाडौंको नयां बानेश्वरको सिभिल हस्पिटलमा पुग्दा बेड नं २२७ मा खेल्ने, कुद्ने, रमाउने, पढ्ने कलिलो उमेरका हेमराज गिरी व्लड क्यान्सरसंग जुध्दै जिन्दगी र मृ*त्युको अन्यौलतामा पल्टिरहेका देखिन्छन। बोनम्यारो ट्रान्सप्लान्ट गरेर भाईलाई बचाउन डाक्टरले २६ लाख खर्च लाग्ने नबिनलाई बताएका छन् । यसैबिच कलाकार तथा समाजसेवी शिशिर भण्डारीले नबिन र हेमराजको कारुणिक भिडियो प्रस्तुत गरे ।

उनको भिडियो सामाजिक स न्जालमा भाईरल बन्यो र देश तथा बिदेशबाट सहयोगी हरुले सहयोग रकम पठाउनु भयो । सबैलाई जुटाउँदै शिशिरले २ लाख ३ हजार २ सय रुपैंया भाईको उपचारका लागि नबिन लाई बुझाए । सहयोगीहरु मध्ये अमेरिकाबाट गोमा अधिकारीले ८१ हजार सहयोग रकम पठाएकी थिईन। सोही बिच अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्सीका प्रमुख होम दवाडीले ५० हजार सहयोग पनि बुझाए। भिडियो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *