समाचार
बाल्टीमोरमा चर्च नजिकै गोली चल्दा एकको मृत्यु
बाल्टीमोर, १६ बैशाख (रासस-एएनआई) – संयुक्तराज्य अमेरिकाको बाल्टिमोरमा एक अपरिचित व्यक्तिले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता चाकिया फेनोएले म्यारिल्यान्डको एडमोन्डसोन एभेन्यूको चर्च नजिकै गोली चलेको र एक व्यक्तिको मृत्यु भएको जानकारी दिनुभयो । बन्दुकधारीले भिडमा जथाभावी गोली चलाउँदा अरु सात जना घाइते भएका छन् । प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको छ ।