समाचार
मोरङको मिक्लाजुङ गाउँपालिकामा बम बिस्फोट
मोरङ । गएराति मोरङको उत्तरपूर्वी क्षेत्रमा रहेको मिक्लाजुङ गाउँपालिकामा बम बिस्फोट भएको छ । उक्त गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष नरबहादुर राईका अनुसार रातको करिब ९ बजे अज्ञात समूहद्वारा तीन वटा स्काभेटरमा बिस्फोट गराएका हुन् ।
उनका अनुसार उक्त उर्लाबारीको किसानचोक–रमिते सडक निर्माणका लागि सडक छेउमा राखिएको थियो । उक्त बिस्फोट कसले र किन गर्यो कारण खुल्न नसकिएको र बिस्फोटको जिम्मा हाल सम्म कसैले पनि नलिएको प्रहरीले जनाएको छ ।
तथापी बिस्फोटको आशंका नेत्रविक्रम चन्द विप्लव समूहमाथी गरिएको छ । घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


