समाचार

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौ‌ं – कक्षा १२ को नतिजा सोमबार साँझ प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको उक्त परिक्षाको नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार परीक्षामा नियमिततर्फ २ लाख ९२ हजार १ सय ५३ सहित कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए।

३.६१ देखि ४ जीपिए प्राप्त गर्ने ३ हजार ६७, ३.२१ देखि ३.६० जीपीए ल्याउने १६ हजार २ सय ४ विधार्थी छन् भने ३१ हजार विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन। ५६ हजार पाँच सय ३ विधार्थीले २.४१ देखि २.८० सम्म जीपीए ल्याएका छन् भने २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८६ हजार २ सय २७ रहेको छ।

१.६१ देखि २.०० जीपीएसम्म ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ जना छन् । १९ हजार विधार्थीले १.२१ देखि १.१६ जिपीए सम्म ल्याएका छन्। ०.८१ देखि १.२० ल्याउने विधार्थीको संख्या ३ हजार ५ सय २४ रहेको छ । ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ छन्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *