समाचार

करेन्ट लागेर १ जनाको मृत्यु

भोजपुर / भोजपुर नगरपालिका-११ आम्तेकमा मंगलवार दिउँसो सवा ३ बजे करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । सोही स्थानमा रहेको लक्ष्मी आधारभुत बिद्यालयको निर्माणाधिन भवनमा काम गरिरहेका स्थानीय ३५ बर्षीय शम्भु बिशुङखेले उक्त भवनको माथी रहेको बिजुलीको नाङगो तारमा छुँदा करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर पठाएको छ भने थप अनुसन्धान भईरहेको उक्त कार्यालले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *