समाचार

उदयपुरको कटारीमा दुई विरामीमा भेटियो डेंगुको जिवाणु

उदयपुर / उदयपुरको कटारीमा डेंगुको संक्रमण भएको विरामी फेला परेको छ । कटारी नगरपालिका ३ निवासी नीलम खड्का र चित्र बहादुर दाहालमा डेंगुको संक्रमण भएको हो ।

एक साता देखि लगातार ज्वरो आएर कटारी अस्पताल भर्ना भएका दुवैलाई डेंगू भए नभएको टेष्ट गर्न कटारी अस्पतालका डा. गौरब शाहले आग्रह गरेका थिए । उनीहरुले नजिकैको जीवन ज्योति प्याथोलोजी ल्याबमा रगत परीक्षण गराएपछि डेंगु एन्टीजन पोजेटीभ देखिएको डा. शाहले बताए ।

यस अघि कटारीमा डेंगु संक्रमण नदेखिएको मेयर ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । कटारीमा डेंगु संक्रमण भेटिएसँगै कटारी अस्पताल पुगेर तत्कालनै डेंगूको टेष्ट गर्न चाहिने किट तत्काल उपलब्ध गराई बिरामीको उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई निर्देशन दिइएको छ । रोकथामको लागि कटारी क्षेत्रमा दुई महिनाअघि सरसफाई अभियान कार्यक्रम अन्तर्गत डेंगुको औषधि पनि छर्केका थिए । नगर प्रमुखले भने, ‘हाल कटारीमा डेंगु संक्रमण देखिएको छ हामी संवेनशील छौ, यद्यपी घर वरिपरी पानी जमेको छ भने लामखुट्टेले फुल पार्न सक्छ, त्यसैले निरन्तर रुपमा सरसफाईमा ध्यान दिन आग्रह गरेको छ ।

कटारी नगरपालिका स्वास्थ्य शाखाले डेंगु नियंत्रण गर्न अभियान गरे पनि खासै प्रभाबकारी नभएको कटारीका स्थानिय सत्रुधन कार्कीले बताए । नगर पालिकाले बजेट सक्ने काम मात्र गरेको उनको आरोप छ ।

वर्षातको समय सकिएसँँगै हिउँदको समय शुरु हुने मौसममा सफा पानी कुनै खुला भाडामा धेरै दिनसम्म राख्नाले वा कुनै स्थानमा नबग्ने गरी सफा पानी भए पनि उक्त स्थानमा लामखुट्टेले धेरै फुल पार्न सक्ने कटारी अस्पतालका डा. गौरब शाहलेबताए ।

डेंगु संक्रमणलाई समयमै रोकथाम गर्न नसके बढी रक्तश्राव भएर मानिसको ज्यान समेत जान सक्छ । वान्ता हुने, शरीर कमजोर हुने, खानामा रुची नहुने जस्ता लक्षण देखिने पनि डा. शाहले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *