अ+
अ
अ-
झापा / झापा बाह्रदर्शी गाउँपालिका २ बस्ने रोहित मलीक डुमको छोरा ११ वर्षीय सागर मलीक डुम बिरीङ खोलामा मृत अवस्थामा फेला परेका छन ।
साेमबार दिउँसो साढे १२ बजे सोहि स्थान बस्ने १२ बर्षीय बादल मलीक र सागर साईकलमा खेल्न भनी हिडेका थिए । साझ सम्म उनिहरू घर नफर्कीए पछी आफन्तले खोजतलास गर्न सुरू गरेका थिए । सोहि स्थानमा रहेको घाग्रा खोलाको किनारमा उनिहरुले लगेको साईकल र लगाएको कपडा फेला परेको भनी साँझ साढे ५ बजे ईलाका प्रहरी कार्यालय राजगढमा आफन्तले जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउनसाथ खोजतलासमा खटिएको प्रहरी टोलीले आज बिहान पउने ९ बजे बाह्रदर्शी गाउँपालिका १ स्थित बिरीङ खोलामा सागरको शब फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनि संगै गएका बादल मलीकको खोजी कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।



