काठमाडाैँ । असार अन्तिम साता आएको बाढीले तराईका सिरहा, सप्तरी, सर्लाही, धनुषा र मोरङलगायत जिल्लामा बढीले क्ष ति पुर्यायो । म*र्ने त म*रिहाले, बाँच्नेको बि*चल्ली छ बाढीको दुई साता बित्दा पनि । घर ओभानो छैन । खाने अन्न छैन । लाउने कपडा छैन । बस्ने बास छैन । केही नहुँदा रातमा निन्द्रा पनि हुँदो रहेनछ । छ त आफन्त वि योगको पी*डा, श्रीसम्पत्ति गुमाउनुको छ*टपटी र राहत पाइएला कि भन्ने झिनो आश ।
बाढीले क्ष*ति पुर्याएको मध्ये सिरहा जिल्लाको सिरहा नगर पालिका वडा नम्बर–१२ सारश्वर क्षेत्र हो यो । यहाँ द लित समुदायको बाहुल्य छ । बाढी त आयो, गयो । तर, त्यसले पुर्याएको क्ष*ति र दिएको पी डाबाट दुई साता बित्दा पनि अझै तङ्ग्रिएको छैन यो बस्ती । कच्ची घर भत्किएको बस्ती खण्डहर जस्तो छ । भएको अन्नपात, भाँडाकुँडा, लत्ताकपडा बाढीमा पर्यो ।
वर्षभरका लागि जोहो गरेको धान माटोमा मिसियो । पीडित सुकाएर, छानेर छाक टार्ने जोहो गर्दैछन् । पीडित खुला आकाशमुनीजस्तै रात कटाउन बाध्य छन् । केटाकेटी र बुढा– बुढीलाई कसरी सुरक्षित गर्ने भन्ने चिन्ता छ । पीडितसँग सम्पतिको नाममा शरीरको एकसरो लुगा बाहेक केहि छैन् । बाढी प्रभावितलाई कसरी छाक टार्ने भन्ने चिन्ता छ । यो सिरहाको सबैभन्दा बढी बाढी प्रभावित क्षेत्र हो ।
तर, स्थानीय राहतको नाममा अहिलेसम्म ३ केजी चामल मात्रै पाएको बताउँछन् । न ओत लाग्ने भरपर्दो ठाउँ, न खानेकुरा । दुईसाता बित्यो अवस्था जस्ताको त्यस्तै छ । पीडित त आफूहरु दलित भएकै कारण मानवीय सहायताबाट समेत बञ्चित हुनु परेको दावी गर्छन् । दुई सातासम्म जसोतसो छिमेकीको घरमा बसियो भन्ने पीडितमा अब के गर्ने भन्ने स्वभाविक गुनासो छ ।
प्रदेश सरकारबाट सिरहाका बाढी प्रभावित २ हजार ५ सय घरधुरीका लागि राहत आएको गाइगुई सुनेका छन् यिनले। तर, पाएका छैनन् । प्रभावितको हालको अवस्थाले पनि राहत नपाएको स्पष्टै हुन्छ । कुरा सिरहाको सारश्वर क्षेत्रको मात्र होइन्, अन्य जिल्लाका प्रभावितले पनि राहत नपाएको गुनासो गरिरहेका छन् । थप भिडियो वाट हेर्नुहोस .. भिडियो यहाँ लिंकमा छ ।
प्रतिक्रिया दिनुहोस्



