एजेन्सी – हामीले सामान्यतया एउटा रुपमा एउटै किसिमको फलफूल फल्छ भन्ने देखेका र सुनेका छौं । कलमी गरेर एउटा बोटबाट फरक किसिमको फलफूल फलाइएको विषयमा पनि सायद तपाईहरुलाई जानकारी हुन सक्छ । तर, अमे रिकामा भने एउटै रुखमा ४० किसिमका फलफूल फल्ने गरेको पाइएको छ ।
एक भिजुअल आर्टसका प्राध्यापकले त्यस्तो अद्भूत रुख तयार गरेका हुन् । उक्त रुखको नाम ट्रि अफ ४० फ्रुट्स दिइएको छ । यस रुखमा एप्रिकोट, चेरी, आरु, बखडा लगायतका ४० थरीका फलफूल फल्दछन् । यो रुखको मूल्य मूल्य ३० हजार डलर पर्दछ । सेराक्युज विश्वविद्यालयका भिजुअल आर्टसका प्राध्यापक स्याम वान ऐकेन यस अनौठो रुखका सर्जक हुन् ।
यो रुखको सिर्जना गर्नका लागि उनले विज्ञानको सहारा लिएका छन् । सन् २००८ मा उनले यस कामको सुरु गरेका थिए । प्राध्यापक वान किसान परिवारमै जन्मिएका व्यक्ति हुन् । उनले न्युयोर्कको एउटा बन्द हुनै आँटेको कृषि बगैँचालाई भाडामा लिएर त्यहीँ नै ग्राफ्टिङ विधिको माध्यमबाट ट्रि अफ फोर्टी जस्तो अद्भुत रुख सिर्जना गराउन सफल भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्



