माथिबाट खसेको ढुङ्गा लागेर घाइते रोकायालाई , ३ लाख ८० हजार तिरेर हेलिकप्टर बाट उपचार गर्न लगियो

अ+
अ
अ-

मुगु । मुगुमा एक हुलाकी ढुङ्गाले लागेर घाइते भएका छन् । घायते हुनेमा छायानाथ रारा नगरपालिका–९ मुर्माका ५० वर्षीय हरिबहादुर रोकाया रहेको प्रहरीले जनाएको छ ।

घाइते रोकायाको टाउको र छातीमा चोट लागेको छ । छायानाथ रारा नगरपालिकाबाट खत्याड गाउँपालिकातर्फ फकिर्ने क्रममा पातीहाल्नेमा माथिबाट खसेको ढुङ्गा लागेर घाइते भएका हुन् । रोकायालाई रु तीन लाख ८० हजार भाडा तिरेर हेलिकप्टरमा उपचारका लागि नेपालगन्ज लगिएको बताइएको छ ।