काठमाडौं। गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरकी बालिका निर्मलाको ह*त्यारा दिलिपसिंह विष्ट नै हुन सक्ने बताउनु भएको छ। राष्ट्रिय सभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा उठेका प्रश्नको जवाफ दिँदै सोमबार गृहमन्त्री बादलले सो कुरा बताउनु भएको हो ।
सांसद राधेश्याम अधिकारी, विमलादेवी आले (राना) र चन्द्रबहादुर खड्काले निर्मलाको ह*त्या भएको वर्षदिन बित्दा समेत ह*त्यारा पत्ता किन लगाउन सकिएन भनी सोधेको प्रश्नमा गृहमन्त्रीले भन्नु भयो, ‘प्रमाण नपुग्दा दिलिपसिंह विष्ट विरुद्ध मु*द्दा चलाउन सकि एन । उनी विरुद्ध धेरैजसो प्रमाण जुटेका छन् तर डी एनए रिपोर्ट नमिल्दा अ*पराधी उहीँ नै भन्न सकिने अवस्था रहेन ।’
उहाँले सो प्रकरणमा प्रहरी अनुसन्धानमा चुकेको स्वीकार गर्नुभयो । प्रहरीबाट ग*ल्ती भएको भन्दै यसरी ग*ल्ती गर्ने प्रहरी अधिकृतहरुलाई नि*लम्बन गरी कारबाही समेत गरिसकेको बताउनु भयो । सांसदहरुले दिलिपसिंह विष्टमाथि धेरै प्रमाण जुटिसक्दा पनि किन उनीलाई नै दो*षी करार गर्न नसकेको भनी प्रश्न उठाएका थिए ।
साथै उनीहरुले हाइप्रोफाइल व्यक्ति ह*त्यामा संलग्न रहेको भए किन त्यसको निक्र्यौल भएन भन्ने प्रश्न समेत गरेका थिए । जवाफमा गृहमन्त्रीले केही अनुसन्धान जटिल प्रकृतिका हुने हुनाले निर्मलाको केसमा पनि कठिनाइ आएको बताउनु भयो। यद्यपि नयाँ ढंगबाट अनुसन्धान सुरु गरिएको जानकारी दिँदै उहाँले ह*त्यारा ढिलो चाँडो पत्ता लाग्ने समेत आश्वासन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्



