कसले दियो उदित नारायणलाई सुरक्षा गार्डको नम्बरबाट ज्यान मा*र्ने ध*म्की ?

अ+
अ
अ-

एजेन्सी : सयौँ नेपाली तथा हिन्दी चलचित्रका पाश्र्व गायक उदित नारायण झाले आफूलाई ज्यान मा*र्ने ध*म्की आएको बताएका छन् । अपरिचित नम्बरबाट ज्यान मा*र्ने ध म्की आएको उनले खुलासा गरेका छन। प्रहरीले उक्त फोन बिहार बाट आएको पत्ता लगाएको छ । यस्तै उनलाई फोन गर्ने नम्बर चो रीको रहेको पनि पत्ता लगाएको छ ।

अम्बोली प्रहरी चौकीका वरिष्ठ प्रहरी निरीक्षक भरत गायकवाडका अनुसार उदितलाई पटक–पटक ज्यान मार्ने धम्की आइरहेको छ । ‘नारायणका अनुसार फोन कर्ताले उनलाई धम्की दिइरहेको छ’, निरीक्षक गायकवाडले भने । यस्तो घटनासँगै प्रहरीले उदित नारा यणको निवासमा सुरक्षा निगरानी बढाएको छ । सादा पोसाकमा खटिएका प्रहरी अधिकारीहरूले निरन्तर शंकास्पद व्यक्ति माथि निगरानी गरिरहेका छन् ।’ फोनकर्ताले लगभग एक महिना अघि पहिलो पटक उदितलाई फोन गरेका थिए ।

दोस्रोपटक १७ जुलाई र तेस्रो पटक २३ जुलाईमा फोन आएको निरीक्षक गायकवाडले बताए । प्रहरीको सोधपुछका क्रममा ध*म्की आउने नम्बर उदित बस्ने भवनमै रहेका सुरक्षा गार्डको रहेको पत्ता लागेको छ। उनको मोबाइल तीन महिना पहिले बिहार जाँदा रेल मा हराएको प्रहरी सोधपुछमा बताएका छन्। तर उनले फोन हराएको खबर प्रहरीलाई गरेका थिएनन् । प्रहरीले ती गार्डको मोबाइल फोन चो*री वा भेटिएको भए पनि त्यहाँ उदितको नम्बर सेभ रहेको बताएको छ। अन्नपूर्ण पोस्टबाट साभार

प्रतिक्रिया दिनुहोस्