६ वर्षसम्म पनि बनेन कमल विनायक–नगरकोट सडक

अ+
अ
अ-

भक्तपुर । ठेक्का सम्झौता भएको छ वर्षसम्म पूरा हुन नसकेको पर्यटकीयस्थल कमलविनायक– नगरकोट सडकको प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले आइतबार स्थलगत अनुगमन गरेको छ । विसं २०७० मा शुरु भई दुई वर्षमा पूरा हुनुपर्ने १७ किमि सडक छ वर्ष बित्दा पनि निर्माण हुन नसक्दा पर्यटक मार्फत विश्वव्यापी रुपमा नकारात्मक सन्देश गएको स्थानीय वासीको गुनासो छ।

राजधानी नजिकैबाट विश्वको सर्वोच्च शिखर सगर माथाका साथै धेरै हिमाल एवं सूर्यो दयको दृश्य देखिने नगरकोट आन्तरिक एवं बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ । सडक अनुगमन पछि आयोजित अन्तरक्रिया कार्यक्रममा समिति सभापति कल्याणी कुमारी खड्काले सन् २०२० को नेपाल भ्रमण वर्षअगावै सडक कालोपत्र पूरा गर्न सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएकी छन्।

चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले ठाउँ ठाउँमा खाल्डाखुल्डी भएको सडकमा दुर्घटना भई धेरैले जीवन गुमाउनु परेको, पर्यटन व्यवसायमा नकारात्मक प्रभाव परेकाले अब थप भएको समयमा निर्माण पूरा नगरे कडा कदम चाल्न बाध्य हुनुपर्ने बताए। रु ३७ करोड ८७ लाखमा शैलुङ कन्स्ट्रक्सनले निर्माण जिम्मा पाएको सडक किनारमा बनेका ड्रेनलगायत संरचना गुणस्तरीय नहुँदा सम्पन्न नभई भत्कन थालेको सडक निर्माण दबाब समिति संयोजक राजकुमार लामिछानेले गुनासो गरे। रासस

प्रतिक्रिया दिनुहोस्