सु*साइड नोटमा शिक्षकको नाम लेखेर आत्म ह*त्या, ‘म*र्नुको कारण यस्तो…..

अ+
अ
अ-

धनगढी – कञ्चनपुरमा एक विद्यार्थीले सु*साइड नोटमा शिक्षककको नाम लेखी आत्म ह*त्या गरेका छन् । कञ्चनपुर लिटिल बुद्ध एकेडेमीमा कक्षा १२ मा अध्ययनरत सुरज लेखकले घरको आफ्नै कोठामा झु*ण्डिएर आत्म ह*त्या गरेका हुन् । सुरजले सु*साइड नोटमा ‘म*र्नुको कारण हरिलाल जोशी एलबिए प्लस टु कोर्डिनेटर’ भनेर उल्लेख गरेका छन्।

उनले फेसबुकमा समेत ‘आई क्वीट’ भनेर लेखेका थिए। एकेडेमीका प्लस टु संयोजक हरिलाल जोशीले शुक्रबार बिहान विद्यालय समयमा सुरजसहित उनका साथीहरू आशिस चन्द र मनिस विष्टलाई चु*रोट खाइरहेको अवस्थामा भेटेपछि विद्यालय प्रशासनमा बोला एर सम्झाई बुझाई गरेको बताए।

जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यापक समेत रहेका सुरजका बुवा गणेश लेखकले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा शिक्षक हरिलाल जोशी विरुद्ध ‘आत्म ह*त्या दुरु*त्साहन’ सम्बन्धी किटानी जाहेरी दिएका छन् । उनले छोरालाई विद्यालयबाट तनाव दिएर आत्म ह*त्या गर्न बाध्य पारिएको भन्दै शिक्षक जोशी विरुद्ध किटानी जा*हेरी दिएको बताए।

‘म पनि शिक्षक हुँ, तर शिक्षकबाट गल्ती भएको छ,’ उनले भने, ‘त्यही भएर सत्यतथ्य छान बिनका लागि किटानी दिएको हुँ।’ कञ्चनपुरका प्रहरी प्रवक्ता गणेश बहादुर बमले पीडित पक्षबाट आएको किटानी दर्ता भएको पुष्टि गरेका छन्। लिटिल बुद्ध एकेडेमी ले प्लस टु संयोजक हरिलाल जोशीलाई आइतबार विद्यालयबाट हटाएको छ। प्रिन्सिपल श्यामसिंह मौनीले विद्यार्थीले गरेको सु*साईड नोटमा शिक्षक जोशीको नाम उल्लेख भएकाले उनलाई छान बिनका लागि विद्यालयबाट हटाइएको बताए।

प्रतिक्रिया दिनुहोस्