आकाशे पानी संकलन गर्न सके अभाव टर्छ : खानेपानी मन्त्री बीना मगर

अ+
अ
अ-

काठमाडौं : खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले संविधानले दिएको स्वच्छ खाने पानीको अधिकार प्रदान गर्न आकाशे पानी पानी सङ्कलनले सहयोग पुग्ने बताएकी छन् । ‘जीविको पार्जन, समुदाय र परिस्थितीय चक्र लचकताको लागि वर्षाको पानी सङ्कलन’ सम्बन्धी दुईदिने सम्मेलनको आइतवार समापन गर्दै उनले दिगो विकासको लक्ष्य हासिल गर्न पानी सङ्कलन तथा व्यवस्थापनले सहयोग पुग्ने बताइन्।

मन्त्री मगरले नेपालका शहरी क्षेत्रको संरचना वर्षात्को पानी तर्काउने गरि निर्माण गरिएकाले जमीनमा पुनःभरण हुन नपाएर स्रोतहरु सुक्ने समस्या देखिएको बताइन् । उनलले छोटो समय परेको पानीबाट समेत बाढी र पहिरोको समस्या देखिने बताइन्। ‘पानी अभा वका कारण महिनावारी हुँदा महिलालाई विभेद् हुने गरेको छ’, उनले भनिन्। पूर्वमन्त्री गणेश साहले सम्मेलनले वर्षात्को पानी सङ्कलन र व्यवस्थापनबारे ज्ञान बढाएको बताए ।

उनले नगरपालिकाका निर्वाचित प्रमुखको सहभागिताले पानीको सङ्कट भोग्दै आएका नगरपालिकाले सङ्कट टार्न वर्षात्को पानी घरघर र समुदायमा उपयोग गर्ने कार्यक्रम बनाउन सहयोग पुग्ने बताए ‘स्मार्ट वास’का निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद शर्माले वर्षात्को पानी सङ्कलन र व्यवस्थापन कार्यमा सम्मेलनबाट सहयोग पुगेको बताए। सम्मेलनमा ३० कार्यपत्र प्रस्तुत गरिएका थिए भने सात बुँदे सङ्कल्प प्रस्ताव पारित भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्