काठमाडाैँ । प्रहरीले १२ वर्ष अघि ह*त्या गरी फरार रहेका काभ्रे आम्बोटेका राजेश लामालाई प*क्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) काे टाेलीले प*क्राउ गरी लामालाई सार्वजनिक गरिएकाे हाे । १२ वर्ष अघि मकवानपुर की सुनिता लामालाई ललितपुरको ईमाडोलमा वि*भत्स ह*त्या गरी फरार लामालाई प्रहरीले गत साउन १० गते ललितपुरस्थित सानेपाबाट पक्राउ गरेको हो ।
विवाहको टिकोटालो भइसकेपछि पनि सुनिताले विवाह गर्न नमानेपछि राजेशले आफूलाई बेइ*ज्जत भएको महसुस गरेर च*क्कु प्र*हार गरी सुनिताको ह*त्या गरेका थिए । उनले ह*त्यामा प्रयाेग भएकाे च*क्कु पनि १ हजारमा किनेकाे बताएका छन् । राजेशले ०६४ पुस २७ गते सुनिताको उनकै कोठमा ह*त्या गरी फरार भएका थिए । मंसिर २८ गते बिहे गर्ने सल्लाह भएको तर १७ गतेदेखि नै सुनिता सम्पर्कमा नआएपछि भएको बिवादमा लामाले सुनिताको ह*त्या गरेको प्रहरीले बताएको छ ।
सुनितासँग टीकाटालो हुनुअघि नै राजेश सुनिताको कोठमा आउजाउ गर्ने गरेकाे केन्द्रिय अनुसन्धान व्यूरोका डिआइजी निरजबहादुर शाहीले बताए । उनका अनुसार दिदीको रेस्टुरेन्टमा काम गर्दै आएकी सुनिताले विवाह गर्न किन इ*न्कार गरिन् भन्ने खुलेको छैन तर घ*टना भएको दिन राजेश ह*त्या गर्ने उद्देश्यले नै च*क्कु लिएर कोठामा पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्



