गुडिरहेको सुमो माथि पहिरो खस्दा २जनाको मृ*त्यु , ७ जना घा*ईते

अ+
अ
अ-

रसुवा – रसुवाको गोसाइकुण्ड गाउँपालिका २ तातोपानी डाडाबाट पहिरो जाँदा काठमाडौं जाँदै टाटासुमो पहिरोमा पुरिएको छ। पहिरोमा पुरिँदा जीपमा सवार २ जनाको मृ*त्यु भएको छ भने ७ जना घा*इते भएका छन्। रसुवागढीबाट ९ जना यात्रु बाेकेरकाठमाण्डाै जान लागेको ना १ ज ७८२४ नम्बरको जीपको पछाडिको भागमा माथिबाट खसेकाे पहिरोले पुरेपछि २ जनाको घ*टनास्थलमा नै ज्यान गएको प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताउनुभयो । चालकसहित अन्य पाँच जना सामान्य घाइते भएका छन् भने एक जना ग*म्भीर घाइते भएका छन् ।

उनका अनुसार शनिबार बुलुका पाँच बजेतिर ना १ ज ७८२४ नम्बरको टाटासुमो पहिरोमा परिएको हो। ९ जना सवार सुमो पहिरोसँग पुरिएको थियो। ७ जनाको घा*इते अवस्थामा उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये एक जनाको अवस्था ग*म्भीर गरिएको प्रहरीले जनाएको छ। अहिले उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। थप उपचारका लागि काठमाडौं पठाउने तयारी गरिए पनि मौसम प्रतिकूल भएकाले हेलिकोप्टर आउन नसकेको प्रहरी प्रहरी नायव उपरीक्षक ढकालले बताए। उनका अनुसार दु*र्घटनामा पर्ने सबै नेपाली नागरिक हुन्।