दोलखा जाने बाटोको बिजोग, ४ घण्टाको बाटो पार गर्न ८ घण्टा लाग्छ

अ+
अ
अ-

दाेलखा । खाडीचौर–चरिकोट सडक खण्डमा हिलो र खाल्डा खुल्डीका कारण दैनिक सयाँै यात्रुले सास्ती भोगिरहेका छन् । भने दैनिक टोजरले तानेर गाडी वारपार गराउनु पर्ने अवस्था छ । ठेकेदार कम्पनीको र परामर्शदाताको लापरबाही, सडक डिभिजन कार्यालय चरिकोटको बेवास्ताका कारण काठमाडौंदेखि चरिकोटसम्मको १ सय ३३ किलोमिटर दूरी तय गर्न १२ घण्टाभन्दा बढी समय लाग्ने यात्रुको गुनासो छ।४ फिटसम्म खाडल बनेको खाडीचौर–मुडे खण्डको २५ किलोमिटर सडकमा सास्ती व्यहोर्नुपरेको छ।

सिन्धुपालचोकको लिशंखुपाखर गाउँपालिकामा दैनिक डेढ सय भन्दा बढी सवारीसाधन डोजरले तानेर पठाउनु पर्ने अवस्था छ। यो सडक निमार्णको जिम्मा गौरीपार्वती तथा हेदर–शंकरमाली–सुनौला खिम्ती जेभीले निमार्णमा गरेको लापरवाही कारण अहिले यो अवस्था आएको हो ।भारतीय एक्जिम बैंकको करिब एक अर्ब २४ करोड ऋण सहयोगमा खाडीचौर देखि चरिकोटसम्मको ५५ किलोमिटर सडक विस्तार गरिएको छ। तर ढल नालाको व्यवस्थापन नगरेको कारण अहिले मालवाक सवारीलाई चरीकोट पुग्न ४ दिनसम्म लाग्छ ।निमार्णका लागि थप गरिएको म्याद समेत सकिएपछी ठेकेदार कम्पनीले दैनिक जरीवान तिरीरहेको छ ।