मकवानपुर क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको नि*धन

अ+
अ
अ-

काठमाडौं : आठ महीनादेखि रक्त क्यान्सरको उपचार गराइरहेका मकवानपुर क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको नि*धन भएको छ। लामो समय देखि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आएका श्रेष्ठको शहीद मेमोरिय ल अस्पताल काठमाडौँमा आइतबार निधन भएको क्रिकेट सङ्घ मकवानपुरका सचिव दीपेन्द्र ढकालले जानकारी दिए।

३६ वर्षीय श्रेष्ठले मकवानपुरमा क्रिकेटको प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान गरेका छन् । क्रिकेट सङ्घ मकवानपुरले शो*क वक्तव्य मार्फत मकवानपुर क्रिकेट सङ्घका सदस्य एवं पूर्व कोषाध्यक्ष तथा मकवानपुरको पूर्व-कप्तान समेत रहेका श्रेष्ठको नि*धनले क्रिकेट क्षेत्रले आशलाग्दो युवा गु*माएको जनाएको छ।

खेलकूद विकास समिति मकवानपुरका सचिव खुशराज दाहालले श्रेष्ठको नि*धन राष्ट्रको खेल क्षेत्रका लागि अपुरणीय क्षति भएको बताए। श्रेष्ठका आमा, बुबासहित श्रीमती र एक छोरा छन् । मकवानपुर क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको नि*धनले राष्ट्रको खेल क्षेत्र का लागि अपुरणीय क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्