जापानमा गयो शक्तीशाली भुकम्प

अ+
अ
अ-

काठमाडौँ- जापानमा शक्तिशाली भूकम्प गएको छ ।जापानको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको होन्सु टापुमा ६।३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।

स्थानीय समयअनुसार आइतबार सबेरै भूकम्प गएको हो । भुकम्पको क्षती बारे भने केही जानकारी नआएको बताइएको छ ।भूकम्पको केन्द्रविन्दु होन्सु टापुभन्दा दक्षिणतर्फ ३७५।८ मिटरको गहिराइमा रहेको थियो । भूकम्पपछि सुनामी चेतवनी भने नदिएको बताइएको छ ।