गाईवस्तु चराउन गएको १३ वर्षीया कवि सिँचाई ट्यांकीभित्र खसे, शोकमा परिवार

अ+
अ
अ-

बाजुरा- पानी ट्यांकीमा डुबेर बालकको मृत्यु मृत्यु भए को छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका( ४ फैताका कर्ण कैलाका १३ वर्षीया छोरा कविन्द्र कैला रहेको बताइएको छ ।

शनिबारका दिन गाईवस्तु चराउन गएको समयमा सिँचाई ट्यांकीभित्र कविन्द्र नुहाउन गएका थिए । सोही समयमा उनको निस्सासिएर मृत्यु भएको बताइएको छ ।

कविन्द्र कालिका आधारभुत विद्यालयमा कक्षा चारमा अध्ययनरत थिए । मृतक बालकको पोष्टमार्टमका लागि शनिबार नै कोल्टी प्राथामिक स्वास्थ्य केन्द्र कोल्टी लगिएको थियो । उनको मृत्य्पछि परिवार सहन नसकिने शोकमा रहेको छ ।