अ+
अ
अ-
काठमाडौँ – त्रिशुली अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै स्थानीयले गल्छी–त्रिशुली सडक बन्द गरेका छन् ।बिहीबार ३५ वर्षीया गोमा वस्ती अस्पतालमा सुत्केरी भएकी थिइन् ।
अत्यधिक रक्तस्रावले थलिएकी सुत्केरीलाई लापरबाहीपूर्ण तरिकाले अस्पतालमा राखिएको र सुत्केरीको मृत्यु भएको भन्दै शुक्रबार बिहानै देखि स्थानीयले मृतक महिलाको घर नजिकैको सडकमा टायर बालेर सडकअवरुद्ध गरेका हुन।
३५ वर्षीया गोमा वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माएकी थिइन् । अत्यधिक रक्तश्रावले जोखिममा परेपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको शिक्षण अस्पताल पुर्याउँदा मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकले बताए।



