हतारमा टालिएका काठमाडौंकाे सडक पानीले पखाल्यो

अ+
अ
अ-

काठमाडौं । हतार हतारमा टालिएका काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा रहेका सडक तथा राजमार्ग वर्षाको पानीले पखाले पछि सडकभरी खाल्टा खुल्टी देखापरेका छन् । खाल्टा खुल्टीले दुर्घटनाको खतरा बढेको छ भने पानी आउँदा हिलो र घाम लाग्दा धुलो सहन यात्रु, सवारी चालक तथा सर्वसाधारण बाध्य छन् ।

गुणस्तरहीन कामका कारण राजमार्गमा ठूलाठूला खाल्डा परेका छन् भने काठमाडौं उपत्यकाका सडकमा समेत त्यस्तै खाल्टै खाल्टा सडकभरि देखिन थालेका हुन्। काठमाडौं उपत्यका र मुख्य सडकको अवस्था विगतका वर्षमा भन्दा केही राम्रो भए पनि खाल्टा पर्ने क्रम भने बढिरहेको छ । चाबहिल–बौद्ध–जोरपाटी–साँखु खण्डमा खाल्टाले सवारी गुडाई नसक्नुको अवस्था आएको छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल उचित ढल व्यवस्थापन नहुनु, पानीको मात्रा धेरै भएर सडकमा आउनु तथा सडकको निर्माण पनि गुणस्तरीय ढंगले नहुँदा समस्या आएको बताउँ छन् । असारमा बजेट सक्न हतार–हतार पुरिएका खाल्टा समेत वर्षाले पखालेसँगै प्वाल देखिएका हुन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्