कास्कीको पोखराका रमेश नेपालीले आफ्नै श्रीमती लक्ष्मी नेपालीलाई मारेर जंगलमा फालेपछि त्यस घटनाबारे थप रहस्यहरु बाहिर आउंदै छन् । छिमेकीलाई समेत सहयोग नमागेको र केही छिमेकीमात्र खोज्न गएको थाहा हुन भएको छ ।
आफैले मारेर श्रीमती हराएको भन्दै प्रहरी र संचार माध्यममा समेत पुगेका रमेशले नाटकीय शैलीमा आफन्त र केही छिमेकीलाई ज्योतिष (हेराउने) कहां समेत बुझ्न पठाए । पोखरा, दुलेगौंडा, हेटौंडा, धादिङ समेत उनीहरुले हेराएका थिए ।
हेराउन गएका ठाउँमा समेत मान्छे जिवित छ फर्केर आउँछ भन्यो तर हराएको २५ दिन पछि लक्ष्मीको कंकाल जंगलमा फेला परेको थियो ।
रमेश नेपाली अहिले प्रहरीको हिरासतमा छन् र प्रहरीको थुनामा हुदा पनि रमेश धेरै थरिका योजना बनाएको छिमेकीले बताएका छन् । पोखरा रामबजारका महिला आमाहरु रामबजारमा धेरै काण्डहरु भएको र उनिहरुपनि असुरक्षित महसुस गरेको भन्दै आज फेरी जिल्लाप्रहरीमा आएका थिए



