ओढारमा लुकाइराखेको १६ किलो सुन फेला

अ+
अ
अ-

गोरखा- गोरखामा १६ किलोग्राम सुन बरामद भएको छ । धार्चे गाउँपालिकाको खोर्लाबेसीस्थित एक ओढारमा लुकाइराखेको सुनसहित एकजना पक्राउ गरिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।

सुन बरामद भएको स्थान गोरखाको उत्तरी क्षेत्रमा पर्छ । पक्राउ परेका व्यक्ति र सुन सदरमुकामतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।