काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बाढी, पहिरो र डुबान अन्त्यका लागि कार्यशैलीमा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै थापाले वर्षेनी वर्षायाम नेपालीहरुको लागि रुने बाध्यात्मक समय भएको भन्दै यस्तो तालिका परिवर्तन गर्नका लागि सबैजना मिलेर काम गर्नुपर्ने बताउनु भएको हो ।बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिको अन्त्यका लागि काम गर्ने शैली परिवर्तन गर्नुपर्ने तथा सबै एकजुट हुनुपर्ने बताउनु भएको हो ।
संसदमा बोल्दै थापाले जलवायु परिवर्तनको ख्याल गर्नुपर्ने,विकासको ढाँचालाई परिवर्तन गर्नुपर्ने जस्ता सुझाव समेत दिनुभएको थियो ।पुर्व स्वास्थ्य मन्त्री समेत भएका सांसद थापाले मंगलबार गृहमन्त्री राम बहादुर थापा बादलले कन्चनपुरकी बालिका निर्मला पन्तको करणी मारिएको विषयलाई व्यङ्ग्य गर्दै, गृहमन्त्रीलाई डुबान हिजो पनि थियो र भोलि पनि हुन्छ नभन्न आग्रह समेत गर्नुभएको छ । उहाँले भन्नुभयो, हिजो गृहमन्त्रीले करणी हिजो पनि थियो आज पनि छ र भोलि पनि हुनेछ, भनिदिनुभयो, बाढीपहिरोको बारेमा यसो नभनिदिनुहोला ।



