नेपाली फिल्ममा लगानी गर्ने निर्माताको महत्व कलाकार र निर्देशकको भन्दा कम छ । फिल्म बनाउने निर्माता पछि परेको पाइन्छ । कुनै कुनै निर्माता फिल्ममा हाबी भएपनि सिनेमामा निर्माता भन्दा अरु नै बढी हाबी हुन्छन् । निर्देशक, कलाकारको नाम र ब्रान्ड जसरी बन्छ त्यसरी निर्माताको बनेको पाइदैन । यही भएर पनि होला, केही निर्माताहरु अहिले फिल्म निर्देशन गर्ने तयारीमा लागेका छन् ।
लुट फिल्मका निर्माता माधव वाग्ले आफै निर्देशक बन्दैछन् । माधव वाग्लेले बनाउन लागेको फिल्मको धमाधम काम भैरहेको छ । स्क्रिप्ट सकेपछि फिल्मको छायांकन सुरु गर्ने माधवको तयारी छ । माधव वाग्लेले फिल्ममा लगानी गर्ने निर्माताको भन्दा निर्देशक र कलाकारको महत्व संचारमाध्यममा पनि बढी हुने, ब्रान्ड पनि उनीहरुकै बन्ने भन्दै आक्रोश पोखे । उनले, आफूले आफ्नो इच्छा पुरा गर्न फिल्म निर्देशन गर्न लागेको बताए ।



