छवि ओझा र शिल्पा पोखरेल विरुद्ध पक्राउ पूर्जी जारी

अ+
अ
अ-

काठमाडौं: निर्माता छविराज ओझा र नायिका एवं उनकी श्रीमती शिल्पा पोखरेल विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। बहुविवाह कसुर अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले छवि र शिल्पालाई पक्राउ गर्न आदेश दिएको काठमाडौं प्रहरी परिसर टेकुका डिएसपी होविन्द्र बोगटीले बताए । जिल्ला अदालतको आदेशका आधारमा प्रहरीले दम्पत्तीको खोजी थालेको प्रहरीले जनाएको छ ।

जेठी श्रीमती हेमा ओझाले छवि र शिल्पा विरुद्ध बहुविवाह विरुद्ध उजुरी दिएकी थिइन। साही उजुरीको सुनुवाई गर्दै अदालतले दुवैजनालाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। वि.सं २०७३ साल असार २९ गते बिहे गरेका छवि र शिल्पा ले गतबर्षको पौषमा मात्र बिहे दर्ता गरेका थिए । तर, हेमाले आफू हुँदा हुँदै छवि र शिल्पाले बहुबिबाह गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।

योसँगै छवि र शिल्पाको डिभोर्स प्रक्रियाले नयाँ मोड लिएको छ । शिल्पाले भने आफूलाई छविका २ श्रीमती गिताञ्जली र रेखा थापा मात्र रहेको बिषयमा जानकारी भएको बताउँदै आएकी छिन् । नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाको डिभोर्स प्रक्रिया अगाडि बढेको समयमा छविकी जेठी श्रीमती हेमा ओझाले प्रहरीमा उजुरी दिएपछि यो घटनाले नयाँ मोड लिएको थियो ।