भारतमा बाढीको असर : बिहार र आसाममा १ सय ७४ को ज्यान गयो

अ+
अ
अ-

नयाँदिल्ली : भारतका विभिन्न क्षेत्रमा वर्षा सँगै आएको बाढीले जनजीवन अस्त व्यस्त बनेको छ । बिहार र आसाममा बाढीका कारण मृत्यु हुनेको संख्या १ सय ७४ पुगेको छ । साथै १ करोड भन्दा धेरै मानिस बाढी तथा डुबानबाट प्रभावित भएको भारतीय मिडियाले जनाएका छन् । खासगरी दुई राज्य बिहार र आसाममा बाढीको बढी असर देखिएको हो ।

पछिल्लो समय मुम्बइमा समेत बाढीका कारण जनजीवन प्रभावित बनेको रहेको छ । बिहारमा १ सय ६ जनाको मृत्यु भएको छ भने आसाममा ६८ जनाको ज्यान गयो । यससँगै बाढी प्रभावित मानिसका लागि सुरक्षित ठाउँमा सरकारले क्याम्प खडा गरिरहेको छ।

हरेक वर्षझैँ यो वर्ष पनि भारतको बिहारमा बाढीले क्षति पुर्याएको छ । भारतको बिहार र नेपालको सीमावर्ती जिल्लामा वर्षासँगै आएको बाढीले लाखौंको जनजीवन प्रभावित बनेको छ । बिहारमा गत वर्ष भन्दा त्यसको अघिल्लो वर्ष अर्थात् सन् २०१७ मा आएको बाढीले पूरै उत्तर बिहारमा भीषण क्षति गरेको थियो । लाखौं जनधनको क्षति हुने गर्छ । यस क्षेत्रमा बाढी मानिसको नियति नै बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्