बबईमा बाढी ३ जना बगायो : एकको उद्वार, २ बेपत्ता

अ+
अ
अ-

काठमाडौं । वर्षासँगै आएको बाढीले बर्दियाको बबई नदीमा ३ जना बगाएको छ । बगेका ३ जना मध्ये एक जनाएको उद्वार भएके छ भने २ जना बेपत्ता रहेका छन् । दाउरा लिन आएका बेला बबईमा बाढीले उनीहरुलाई बगाएको प्रहरीले जनाएको छ । बाढीका बेलासमेत बबईमा माछा मार्न, दाउरा लिनका लागि स्थानीयले आउन छाडेका छैनन् ।

बाढीले बगाएका तीन जनामध्ये एक जनाको उद्धार गरिएको छ भने दुई जना बेपत्ता भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको हो। यसो हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै बबईमा पानीको वहाव नघटुन्जेल माछा मार्न एवं दाउरा लिन नजाउन आग्रह गरिएको छ । बर्दियामा बबई नदीको बाढीमा आएको काठ संकलन गर्न गएका दुई जना बेपत्ता भएका हुन् ।

एक जनाको उद्धार गरिएको छ। काठ संकलन गरिरहेका तीनजनालाई बगाए पनि एक जनालाई उद्धार गर्न सफल भएको राष्ट्रिय आपत कालिन उद्धार केन्द्रले जनाएको छ । तर बाढीमा बगेका दुईजना भने बेपत्ता रहेको केन्द्रले जनाएको छ । केन्द्रले बाढीमा हेल चेक्राइँ नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्