निर्मला पन्तबारे बोल्दा गृहमन्त्री थापा विवादित, कांग्रेसले माग्यो राजीनामा

अ+
अ
अ-

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको अपजस एक बर्षसम्म बोकिरहे । आउँदो साउन ११ गते निर्मला पन्तको हत्या भएको १ बर्ष पूरा हुँदैछ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला गत वर्ष साउन ११ गते घर नजिकैको खोला किनारमा मृत फेला परेकी थिइन् । उनलाई बलात्कारपछि हत्या गरेर खोला किनारामा फालेको भन्दै निरन्तर आन्दोलन समेत भए ।

यो विषयले गृहमन्त्री र  सरकारको निकै आलोचना समेत भयो । निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै विभिन्न आन्दोलन समेत भए । कञ्चनपुरमा आन्दोलनकारी एकजनाको प्रहरीको गोली लागेर मृत्यु समेत भयो । काठमाडौंदेखि कञ्चनपुरसम्म विभिन्न चरणका आन्दोलन  भए । यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत मुख खोल्नुपर्ने अवस्था उत्पन्न भयो ।