अ+
अ
अ-
डोटी– डोटीमा अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको छ । जोरायल गाउँपालिका–४ लक्ष्मीनगरको कार्यालयमा सोमबार राति अन्दाजी १२ बजे अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट वडा अध्यक्षको कार्यकक्ष रहेको कोठामा रहेका कागजातहरु पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । साथै, सम्पूर्ण फर्निचरसहित वडाको छाना समेत जलेर नष्ट भएका छन् ।
त्यस्तै, वडा सचिवको कार्यकक्ष रहेको कोठामा भएका कागजातहरु पनि पूर्ण रुपमा जलेर नष्ट भएको र केहि फर्निचर मात्रै बाँकी रहेको वडा अध्यक्ष नन्दराज भट्टले बताए। उनले भने, ‘आगजनीबाट मेरो कार्यकक्ष रहेको कोठामा रहेका कागजातहरु पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।’ प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा गरेको हुनसक्ने शंका गरेको छ ।



