अ+
अ
अ-
काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई वार्तामा आउन आग्रह गरेका छन् । मंगलबार आर्थिक वर्ष २०७५र०७६ का वार्षिक कार्यसम्पादन प्रगति र आगामी कार्यदिशा सम्बन्धमा मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले त्यस्तो संकेत गरेका हुन् ।
उनले देशको शान्ति सुरक्षाको निम्ति कर्तव्य पूरागर्न राज्यका कानून विपरीतका कार्य गर्नेलाई राज्यले नियन्त्रण गर्ने बताए । त्यसै क्रममा विप्लव समूहको नेकपाका कार्यकर्तालाई नियन्त्रण लिएको उनको भनाइ थियो ।
‘नेपालको संविधानले राज्यको शान्ति सुरक्षाको निम्ति सशस्त्र आन्दोलनमा रहेका सबैलाई वार्ताको माध्यमबाट समाधान गर्न ढोका खुल्ला गरेको छ,’ मन्त्री थापाले भने ।



