रेखाको फिल्ममा म छैन : प्रदिप

अ+
अ
अ-

नायिका रेखा थापाले निर्माण गर्ने भनिएको नाम सार्वजनिक नभएको चलचित्रको चर्चा अहिले निर्देशकको कारण खुबै भईरहेको छ । केही समय अगाडि इन्टु मिन्टु लण्डनमा डेब्यु निर्देशक रेनशा राई राणा औपचारिक रुपमा अनुबन्धित भइसकेकी फिल्ममा “जात्रै जात्रा’  फेम्ड निर्देशक प्रदिप भट्टराई पनि जोडीने चर्चा भएको छ ।

सामाजिक सन्जालमा रेखा, रेनशासँगै प्रदिप भट्टराई पनि देखिएकाले उनी पनि फिल्ममा हुन सक्ने अड्कल काटिएको हो । तर, निर्देशक भट्टराईसँग यो बिषयमा कुरा गर्दा उनले आफू यो टिमसँग आवद्ध हुन नलागेको बताए । उनले भने–‘हाम्रो भेटघाटका क्रममा सो तस्वीर लिइएको हो । फिल्ममा आवद्ध हुने कुरा होइन ।’