अ+
अ
अ-
गुल्मीमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । राति घरमा भल पसी स्थानीय तिल बहादुर त्रामुकी ३० बर्षीय तिलकुमारी त्रामू , उनका छोरा बर्ष १० का दर्शन त्रामुको मृत्यु भएको बताइएको छ । यस्तै उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी त्रामु घाइते भएपनि लगातार पानी परेकोले उपचारमा कठिनाइ भएको बताइएको छ ।
यसै गरी सत्यावती गाउँपालिका वडा नं ४ लिम्घामा ४ घर बगाउदा चार जनाको शब फेला परेको र उनीहरुको पहिचान हुन नसकेको बताइएको छ । उद्धारका लागी स्थानीयको टोली लागेको र प्रहरीको टोली पनि पुगेको बताइएको छ ।
यस्तै सत्यावती गाउँपालिका वडा नं ३ मा रुद्ध बहादुर बिकको घर पहिरोले बगाएको छ। राति घर बगाउदा रुद्धबहादुर बिक र उनकी आमा घरमा भएको आशंका गरिएको छ। उनीहरु बेपता भउको र खोजी कार्य भइरहेको बताइएको छ ।



