गोस । नाइजेरियाको लागोस शहरको मुर्तला अन्तर्राष्ट्रिय विमानस्थलमा एक व्यक्ति उड्न लागेको विमानमाथि चढे । यो घटना शुक्रबारको हो । विमानस्थल प्रशासनका अनुसार उनलाई पक्राउ गरिएको छ । उनको पहिचान भने सार्वजनिक गरिएको छैन । विमान लागोसबाट पोर्ट हारकोट जाँदै थियो । उनले यस्तो किन गरे भन्ने प्रस्ट भएको छैन ।
पुलिसका अनुसार शुक्रबार बिहान अजमान एयरको बोइङ ७३७ ले रनवेमा टेकअफ गर्न लाग्दा एक व्यक्ति दौडिँदै विमानतर्फ आइ रहेको देखियो । पाइलटले इन्जिनलाई पहिले स्लो गरे त्यसपछि बन्द गरे । एक प्रत्यक्ष दर्शीले भने ‘ऊ दौडिँदै विमानतर्फ आयो । उसको हातमा सुटकेस थियो । पहिले उसले सुटकेसलाई इन्जिनभित्र राख्यो त्यसपछि पखेटामा चढ्यो ।’
विमानमा सवार सबै यात्रु डराए । केही समय त्यहाँ होहल्लाको माहोल बन्यो । यस बीचमा ती व्यक्ति पखेटामा यताउता गर्दै केबिनमा छिर्ने कोसिस गरिरहे । यात्रु यति डराएका थिए कि उनीहरुले इमरजेन्सी गेट खोलिदिन अपिल गरे । एक यात्रु ओट्टो ओरानडाम ले यो घटनाको भिडियो इन्स्टाग्राममा शेयर गरे । उनले यो आपतकालीन स्थिति भएको लेखेका छन् ।



