विराटनगर / विराटनगर– ४ कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रमममा एक जना विरामीको मृत्यु भएपछि आइतबार दिउँसो तनाबग्रस्त बनेको छ । घुँडाकोे शल्यक्रिया गरेपछि सुनसरीको दुहवी नगरपालिका – ६ का रमपम उद्याेगका प्राेडक्सन इन्चार्ज ४७ वर्षिय अनिलकुमार साहको आइतबार विहान मृत्यु भएको थियो । घुडाकाे अप्रेशन गर्दा उपचारमा लापरवाही भएकाे भन्दै दुहवीका सर्वसाधारणहरूले अस्पताल अगाडी प्रदर्शन गरेका छन् । सामान्य विरामीलाई उपचार गर्दा मृत्युकाे मुखमा पुर्याएकाे भन्दै करीब दुई सय स्थानीयबासीले अस्पताल अगाडि प्रदर्शन गरिरहेका छन् । करिब तीन सयको संख्यामा पीडितका आफन्त र स्थानिय आन्दोलित छन् ।
यस्ताे थियाे घटनाकाे नालिबेली

घरबाट मोटरसाइकल निकाल्ने क्रममा गत बिहीबार साहको घुँडामा चोट लागेको थियो । सोही दिन घुँडामा लागेको चोटको नोबेलमा उपचारपछि घर फर्किएका थिए । साह शुक्रबार फलोअपमा नोबेल अस्पताल आएका थिए । हाडजोर्नी तथा नशा रोग विशेषयज्ञ डा. धिरज सिंहले शल्यक्रिया गरिनुपर्ने बताएपछि उनलको टिमले साहको शल्यक्रिया गरेको थियो ।
‘डा. सिंहले घुँडामा लागेको चोट बढदै गएकोले शल्यक्रिया गरिनुपर्ने बताएका थिए । शनिबार शल्यक्रिया भयो । त्यसदिन आफन्त लाई भेटन दिइएन,’ ‘मृतकका भाई प्रदिप साहले भने, ‘आइतबार विहान त मृत्यु भइसकेको जानकारी दिइयो । यस्तो खबर सुन्दा हाम्रो होस उड्यो । एक छिन अगाडी घरबाट मोटसाइकल चलाएर आएको मान्छे, अहिले चिकित्सवले मृतक घोषणा ग¥यो । खुटाको उपचार गर्दा मान्छे कसरी मृत्यु भयो ? त्यो पनि विहान मृत्यु भएको रहेछ । हामीलाई आइतबार ९ बजेमात्र जानकारी दिइयो ।’ उपचारमा लापारबाही गर्ने चिकित्सवलाई कडा कारवाहीको माग पीडित पक्षले राखेको छ ।
यता नोबेल मेडिकल कलेजका प्रशासकीय अधिकृत नारायण दाहालले उपचारको क्रममा विरामीको मृत्यु भएको भन्दै अस्पतालले कुनै पनि लापारबाही नगरेको दाबी गरे । शल्यक्रिया गरेपछि वार्डमा सार्ने क्रममा चिकित्सकले दिएको जानकारी अनुसार ‘हटएट््याक’ भएर यस्तो भएको उनले बताए ।


