समाचार
पकाएको भातको डल्लो बल जसरी उफ्रिएपछि…..
इटहरी-२० तरहराकी गीतामाया थापाले पकाएको भात थालमै बल जसरी उफ्रिएको छ।इटहरी-१०, खनारको दर्शन प्रिमियर मन्सुली चामल जय सरस्वती सेलर मिलले उत्पादन गरेको चामलको भात बल जसरी उफ्रिएपछि स्थानीय आक्रोसित बनेका छन्।
यो खबर आजको राजधानी दैनिकमा इटहरबाट विवेक विवश रेग्मीले लेखेका छन्।‘हिजो पकाएर खाँदा असहज भएको भए पनि आज खानामा प्लास्टिक मिसाएको पुष्टि भयो,’ थापाले भनिन्, ‘यो चामल ढिलो पाक्ने र खाएपछि पेट दुख्ने समस्या देखियो।’उनले खानाको स्वाद अर्कै आएकाले डल्ला पारेर उफार्द उफ्रिएपछि शंका लागेको बताइन्।
नीहरुले त्यो चामल इन्द्र बस्नेतको पसलबाट किनेर ल्याएको बताएका छन्।
‘भातको डल्लो उफ्रिएको पहिला फेसबुकमा हेर्न पाइन्थ्यो, अहिले आफ्नै आँखाले देखियो,’ स्थानीय छत्रबहादुर पौडेलले भने।खाद्य गुण नियन्त्रण कार्यालय सुनसरीका प्रमुख बिक्रम लिम्बुले भने चामलमा प्लास्टिक हुन सम्भव नहुने बताए।उनले भने, ‘हामीले प्रयोगशालाको ल्याबमा टेस्ट नगरी भन्न सक्ने अबस्था हुन्न। यसअघि ल्याबमै चेक गर्दा पनि नेगेटिभ पाइयो।’
