समाचार
ताप्लेजुङमा दुर्घटनामा निधन भएका सेनाका जमदार घिमिरेका परिवारलाई पाँच लाख प्रदान
काठमाडौं, ५ जेठ । ताप्लेजुङमा हवाई दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बिमा बापत पाँच लाख रुपैयाँ प्रदान गरेको छ ।
मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले नेपाली सेनाका लेफ्टीनेन्ट कर्णेल प्रकाश थापाको उपस्थितिमा स्वर्गीय घिमिरेकी पत्नी शिलु विष्टलाई पाँच लाख रुपैयाँको चेक हस्तारन्तरण गरेकि छन् ।

