अ+
अ
अ-
झापा / झापाको मेचीनगर नगरपालिका-६ मा करेन्ट लागेर एक जनाकाे मृत्यु भएको छ । आफ्नै घरको बाहिर खाल्डाेमा जमेको पानी मोटर बाट पानि तान्ने क्रममा धन कुमार राई लाइ करेन्ट लागेकाे हाे । उनलाइ उपचारका लागि झापाको मनमोहन अस्पताल लगिएको थियाे । उपचारको क्रममा बिहान ८ बजे राइकाे मृत्यु भएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।



