अझै बाँकी छ रावणको लंकाको अवशेष : हेर्नुहोस् ९ तस्विरमा

अ+
अ
अ-

एजेन्सी । रावणको लंक श्रीलंकाको लंकापुर भन्ने ठाँउमा थियो भन्ने गरिन्छ । जहाँ आज पनि रावणको महलको अवशेष बाँकी रहेको छ । यस ठाउँमा विभिन्न मन्दिर छन्, जहाँ रामायण कालमा महत्वपूर्ण घटनाहरु भएका थिए ।लंकापुरमा आज पनि हनुमान मन्दिर, सीता मन्दिर, अशोक वाटिका, रावणको साधना गर्ने ठाउँ छन् । त्यसैगरी, यही ठाउँमा रावणको वध गरिएको थियो भन्ने गरिन्छ । श्रीलंकामा कम्तिमा ५० भन्दाबढी ठाउँ रामायणसँग जोडिएका छन् ।मन्दोदरी महल : रावणले सीताको हरण गरेपछि मन्दोदरी महलमा राखेका थिए । यसलाई सीता किल्ला पनि भन्ने गरिन्छ ।