आग्रह र आरोपको घनचक्करमा छवि र शिल्पा

अ+
अ
अ-

बैबाहिक जीवन सम्हाल्न गाह्रो छ । झन्, मन नमिलेपछि त्यो जीवन सहज हुन सक्दैन । एकसाथ साथ दिउला, वुढेसकालको साहारा बनुला भनेर कोरिएका कती सपनाहरु यसै बिलाएर जान्छन् । सपना बास्तवमा सपना नै भएको हुन्छ ।
फिल्म लज्जाबाट नेपाली फिल्ममा आउँदा अभिनेत्री शिल्पा पोखरेललाई लागेको थियो, उनले निर्माता छविराज ओझासँग बैबाहिक जीवनमा बाँधिएर नयाँ जिन्दगीको यात्रा कोर्नेछन् ।

यात्रा कोर्नकै लागि शिल्पाले छविलाई रोजेकी हुन् । वि.सं २०७३ साल असारको २९ गते उनीहरुको बिहे भयो । बिहे भएको २ बर्षसम्म त राम्रो नै चलेको थियो । शिल्पा र छविमा उमेरको फरक थियो । गुनासो थियो पनि होला । तर, दुबै जनाले बिहे लुकाए । छवि र शिल्पाले आफूहरु सँगै बसेको कबुल नै गरेनन् । बरु, उनीहरुले कहिलेकाही भेट हुने गरेको बताए । छवि घाइते हुँदा शिल्पाले स्कुटीमा राखेर अफिस र घर गरिन् । मायामा लाग्दैथियो छविलाई, वुढेसकालको साहारा बन्नेछिन् उनी । तर, छवि र शिल्पाको बैबाहिक जीवन ३ बर्षपछि लगभग डिभोर्समा पुगेको छ । शिल्पाले दिएको अन्तरवार्तामा पनि अब आफुहरु अलग हुन लागेको उल्लेख गरिसकेकी छिन् । शिल्पाले डिभोर्सका लागि फाइल पनि गरिसकेकी छिन् ।
शिल्पा र छविको सम्बन्ध डिभोर्सको अवस्थामा पुगेको छ । तर, प्रहरीको उजुरी दिएर शिल्पाले आफूलाई श्रीमान संग असुरक्षित भएको बताएकी थिइन् । शिल्पा र छविको सम्बन्ध अलग हुने बाटोमा लागेपनि यहाँसम्म त ठिकै थियो । तर, डिभोर्स फाइल गरेपछि उनीहरुले गरेको संचारमाध्यमको रोनाधोना देख्नेलाई लाज जस्तो भैसकेको छ ।

शिल्पाले छविसँग भएका ३ बर्षका गतिविधी सार्वजनिक गरिरहेकी छिन् । उनले, अभिनेत्री रेखा थापासँग भएको कुरादेखि छविले आफूलाई गरेको रोकतोकको कुरा गरिरहेकी छिन् । शिल्पाको आँशु खस्दै गरेको अनुहार हेर्दा लाग्छ, उनलाई छविले ठूलै पीडामा पारे, जसले गर्दा उनी डिभोर्सको फाइल उजुरी गर्न तयार भइन् ।

यता निर्माता छविराज ओझा शिल्पालाई आफूले अन्याय नगरेको बताइरहेका छन् । बरु, उनले शिल्पालाई आएर एकपटक टेबलटक गर्न आग्रह गरेका छन् । शिल्पाले आफूसँग सम्पर्क नै नगरेको भन्दै टेबलटकका लागि आग्रह गरिरहँदा शिल्पाले भने छविलाई वकिलसँग भेट गर्न भनेकी छिन् ।

छविले आफूले शिल्पालाइ अन्याय नगरेको र शिल्पासँग बिहे गर्दा उनले बुढेसकालको साहारा बन्नका लागि गरेको बाचा संझन भनेका छन् । छवि र शिल्पा संचारमाध्यममा बाजिरहेका छन् । उनीहरुले यो झगडालाई पारापाचुके वा मिलापमा लानेतर्फ सोचेको देखिदैन । बरु, एकले अर्कालाई खुइलाएर आफू ओबानो बन्ने सोचमा उनीहरु छन् । यसले छवि र शिल्पाको सम्बन्धमा खेल्न चाहनेहरुलाई फाइदै फाइदा भएको छ ।

डिभोर्स मन नमिलेपछि हुन्छ । तर, मन नमिलेको अवस्थामा सेलिब्रिटी भएको नाताले यसलाई संचारमाध्यममा एक अर्काको पोल खोल्ने जायज नहोला । शिल्पा र छविको सम्बन्ध जोडिएपनि, टुटेपनि शान्तसँग नै समाधान हुँदा सकारात्मक सन्देश जान्छ ।