विराटनगरका तीस घर डुबानमा

अ+
अ
अ-

काठमाडौं : सिंघीया खोलाको बाढी बस्तीमा पसेपछि यहाँको ३० घर अझै डुबानमा परेको छ। विराटनगर र कटहरी गाउँपालिका भएर बग्ने सिंघीया खोलाको बाढीका कारण कटहरी गाउँपालिका–१ का दुई टोल पूरै डुबानमा परेका हुन्। यहाँ का बाढीपीडित नजिकैको नारी विकास संस्थाको भवनमा बस्दै आएका छन्। ‘एक रात छिमेकीको घरमा आश्रय लिए, अर्को दिन त्यो घर डुबानमा परेपछि संस्थाको भवनमा बसाइँ सर्नु परेको हो’ पीडित चर्खादेवी पण्डितले भनिन्।

संस्थाको भवनमा हाल बाढीपीडित भेडाझैँ खाँदिएर बस्दै आएका छन्। ‘बाल बालिकाले राम्रोसँग खान र सुत्न पाएका छैनन्’, उनले भनिन्, ‘बाल बालिकाको पढाइ चौपट भएको छ।’ बाढी पीडितलाई सुत्न समस्या भएको छ। एउटै ठाउँमा धेरै जना खाँदिएर सुत्नु परेको पीडित बताउँछन्। विभिन्न संस्था तथा वडा कार्यालयले खानाको व्यवस्था गर्दै आएको छ।

बाढीका कारण बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेका छन्। उनीहरु धेरै दिनदेखि चाउचाउ र चिउराका भरमा बस्दै आएका छन्। बाढीले घरका सबै सामान नष्ट गरेको छ भने नगदसमेत बगाएकाले खाद्यान्न तथा आवश्यक सामान खरिदगर्न समस्या भएको बाढीपीडित पण्डित बताउँछन्।रासस

प्रतिक्रिया दिनुहोस्