इमान्दार भएर अघि बढे मात्र सफलता पाउन सकिन्छ: प्रधानमन्त्री ओली

अ+
अ
अ-

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य र निष्ठापूर्वक काम गरि रहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले सत्य र निष्ठा पूर्वक अघि बढ्न युवाहरुलाई आह्वान गर्नुभएको छ । आइतबार ललितपुरमा आयोजित नमुना युवा संसद बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले आफूले सत्यसँग नडराउने नीति लिएको पनि दोहोर्‍याउनु भयो ।

प्रधानमन्त्री ओलीले सत्ता र शक्ति अस्थायी भएकोबारे आफू सचेत रहेको बताउँदै देश विकासको काममा इमान्दार भएर लागि रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले भोलिको संसदलाई कस्तो बनाउने भन्ने विषयमा सोच्न पनि युवाहरुलाई आग्रह पनि गर्नु भयो ।प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रले देशलाई कसरी अघि बढाउने भन्ने विषयमा सोचेर अघि बढ्ने अवसर युवाहरुलाई दिएको पनि स्मरण गराउनु भयो ।

उहाँले आफू युवा हुँदा देशका लागि काम गर्न खोज्दा हत्कडीको सामना गर्नुपरेको उल्लेख गर्दै आजका युवालाई त्यस्तो कठिनाइ नरहेको बताउनु भयो। प्रधानमन्त्री ओलीले इमान्दार भएर अघि बढ्दा मात्रै सफलता हात पर्नेबारे युवाहरुलाई सचेत पनि गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्