एजेन्सी । २८४ जना सवार विमान अचानक सघन ‘टर्बुलेन्स’ मा परेपछि बिहीवार ३५ जना यात्रु घाइते भएका छन्। क्यानडाको भ्यान्कुभरबाट अस्ट्रेलियाको सिड्नीतर्फ उडिरहेको विमानमा टर्बुलेन्स भनिने हावाको तापक्रम तथा अन्य कारणले उत्पन्न हुने असन्तुलनपछि साे विमान संयुक्त राज्य अमेरिकाकाे हवाइमा अवतरण गराइएको थियो। हवाइकाे होनोलुलुको विमानस्थलमा अवतरण गर्ने बित्तिकै स्वास्थ्य अधिकारीहरूले यात्रुको जाँच गरेका थिए।विमानसेवाले होनोलुलुमा होटलहरूको बन्दोबस्त गरिरहेको र यात्रुहरूलाई अस्ट्रेलिया लैजान नयाँ उडानको पनि व्यवस्था भइरहेकाे बताएकाे ५ । हवाइ टापुभन्दा दुई घण्टा पर पुगिसकेको सो विमानले अचानक सफा आकाशमै बेतोडको टर्बुलेन्स बेहोरेको थियो।
दुर्इ यात्रुले स्थानीय टेलिभिजन स्टेशनलाई भने “हामी टर्बुलेन्समा पर्यौँ। बेस्कन हल्लिएपछि हामीहरू सबै उचालियौँ र हाम्रो टाउको माथि ठोकियो…सबै चीज खस्यो, केही मानिस जसले सिटबेल्ट बाँधेका थिएनन्, उनीहरू त एक्कासी उडेको जस्तो भए र तिनको टाउको माथि ठोकिए। निकै डरलाग्दो थियो,।”क्लेयर एअर टर्बुलेन्स खासगरि सफा र शान्त आकाशमा अचानक हुन्छ जसको भेउ पाउन सकिँदैन।विभिन्न वेगमा बगिरहेका हावाको जम्काभेट हुँदा यस्तो स्थिति पैदा हुने बीबीसीले जनाएकाे ५ । यसलाई नाङ्गो आँखा वा परम्परागत रेडारले पनि पत्ता लगाउन सकिँदैन।विमानचालकहरूले सोही स्थानबाट उडेका अन्य विमानले एअर ट्राफिक कन्ट्रोललाई दिएका जानकारीका आधारमा मात्र यस्तो अवस्था उत्पन्न भएको ठाउँ थाहा पाउन सक्छन्।



